रिंग द बेल फर जेन्डर इक्वालिटी, २०२१
हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागीतालाई जोड दिने उद्देश्यले युएन वोमनको आह्वानमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मिति २०७७/१२/१२ गते ‘रिंग द बेल फर जेन्डर इक्वालिटी, २०२१’ कार्यक्रम आयोजना गरेको छ ।
यस कार्यक्रममा नेप्सेले International Finance Corporation (IFC), UN Global Compact, Sustainable Stock Exchanges Initiative (SSE), World Federation of Exchanges (WFE) and Women in ETFs (WE) सँग सहकार्य गरेको थियो । युएन वोमनको आह्वान अनुरुप संसारभरका १०१ स्टक एक्सचेन्जहरुले विभिन्न कार्यक्रम गरेका छन् ।
‘आर्थिक रुपमा सक्षम महिला नै अरु सामाजिक, राजनीतिक तथा सांस्कृतिक रुपले सशक्त हुन्छन भन्ने मेरो विश्वास छ,’ कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भन्नुभयो,‘महिलालाई आर्थिक रुपमा सक्षम बनाउने धेरै पेशागत तथा व्यावसायिक क्षेत्र छन् । त्यसमध्ये एउटा क्षेत्र पुँजी बजार हो ।’
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढ्रुंगानाको प्रमुख आतिथ्यमा सञ्चालित यस कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना, युएन ग्लोबल कम्प्याक्ट नेपालका प्रेसिडेन्ट प्रदिपमान वैद्य, आइएफसीका कार्यक्रम निर्देशक लोपा रहमान, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले मन्तव्य राख्नु भएको थियो ।
विभिन्न कलेजका छात्राहरुको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले लैगिक समानतालाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित यस विश्व अभियानमा सहभागी हुन पाउँदा गौरवान्वित भएको बताउनुभयो ।