|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
शेयर कारोबार समय थप गरिएको बारे — 2007-12-19
प्रेश विज्ञप्ति
वर्तमान परिप्रेक्षमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा लगानीकर्ताको माग तथा बजारको आवश्यकतालाई दृष्टिगत गरी कारोबार समय १ घण्टा बढाएर ३ घण्टा पुर्याइएको छ । यस लिमिटेडको स्थापनाकाल (२०५०) देखि दैनिक २ घण्टा कारोबार हुदै आएको थियो । लगानीकर्ताको बजारप्रतिको आकर्षा तथा लगानी सम्बन्धी उत्साहका साथै कम्प्यूटरकृत स्वचालित कारोबार लागु भएपछि बढेको कारोबारको चाप अनुरुप समय थप गरिएको हो । यस अनुसार २०६४/९/८ देखि लागु हुने गरी विहान १२ बजेदेखि दिउसो ३ बजेसम्म कारोबार समय निर्धारण गरिएको छ ।
यस लिमिटेडले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ को परिच्छेद ४ को नियम १८ अनुसार उपर्युक्त समयावधीको व्यवस्था गरेको हो । थपिएको समयबाट साना लगानीकर्ता लाभान्वित हुने यस विनिमय बजारको विश्वास छ । कारोबार समय अपर्याप्त हुनाले साना लगानीकर्ताहरुको आदेश प्रविष्टि गर्न पर्याप्त समय नभएको गुनासो बढीरहेको सर्न्दर्भमा सदस्य दलालहरुको सुझावलाई समेत मध्यनजर गर्दै लगानीकर्ताहरुको हित एवं सदस्य दलालहरुले प्रवाह गर्ने परिष्कृत सेवा सुनिश्चित गर्नका लागि समय थपिएको हो ।
मिति २०६४/९/४
(मुराहरि पराजुली)
अधिकृत
सुपरिवेक्षण, सूचिकरण तथा वित्त विभाग
Download / Open nepsepressreltimeextend071219.pdf
|
|
|
|