|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
Press Release — 2008-05-09
यस विनिमय बजारमा सूचिकृत भई कारोबार हुदै आएका कम्पनीहरु नेशनल फाइनान्स लिमिटेड, नारायणी फाइनान्स लिमिटेड र पश्चिमाञ्चल फाइनान्स लिमिटेडबीच एक आपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैंकमा परिणत गर्ने सहमती पत्रमा मिति २०६५/१/२४ मा हस्ताक्षर भएको जानकारी हुन आएको छ । सहमतीको विस्तृत विवरण प्राप्त नभएको सर्न्दर्भमा दोस्रो बजार कारोबारमा हुनसक्ने तीब्र उतारचढावको साथै लगानीकर्ताहरुको हितलाई दृष्टिगत गरी मिति २०६५/१/२९ आईतबारदेखि उक्त कम्पनीहरुको शेयर कारोबार अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ ।
एकीकरण हुने कम्पनीहरुको सम्पत्ति र पूँजी तथा दायित्वको सर्न्दर्भमा स्पष्ट हुनुपर्ने, एकीकरणका लागि लाग्ने अनुमानित समय, निमयमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट LOI (Letter of Intent) प्राप्त नभएको लगायतका विषयहरु सम्बोधन गर्न बाँकी नै रहेकोले र्सवसाधारण लगानीकर्ताको हितमा गंभीर चासो प्रकट गर्दै एक्सचेन्जले उक्त कम्पनीहरुको कारोबार स्थगन गर्ने निणरेको हो । सहमतीका पक्षधर दुइ कम्पनी नेशनल फाइनान्स लिमिटेड र नारायणी फाईनान्स पहिल्यै नै अर्को कम्पनी महालक्ष्मी फाइनान्ससंग सहमती गरेर राष्ट्रिय स्तरको विकास बैंकमा परिणत गर्ने प्रक्रियालाई टंुगोमा पुर्याउन असफल भएका कम्पनी हुनाले एक्सचेञ्ज अझ बढी गंभीर हुनुपरेको छ । साथै कम्पनीहरु खासगरी बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभिएमा नेपाल राष्ट्र बैंकबाट LOI प्राप्त नहुञ्जेल सम्म यस्ता कम्पनीहरुको शेयर कारोवार स्वतः वन्द गर्ने नीति समेत विनिमय बजारले लिएको छ ।
मिति- २०६५/०१/२७
(मुराहरि पराजुली)
अधिकृत
सूचिकरण शाखा
|
|
|
|