|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
सेक्युरीटिज मार्केट स्टाटिस्टिक्स एण्ड रिभ्यु' प्रकाशन शुरु — 2008-06-23
शेयर बजारमा स्वच्छ प्रतिस्पर्धा पर््रवर्द्धनका लागि अन्य उपायहरुका अतिरिक्त सूचना प्रवाहमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले विशेष जोड दिदै आएको र्सव विदितै छ । यसै सिलसिलामा स्टक एक्सचेञ्जले मासिक रुपमा 'सेक्युरीटिज मार्केट स्टाटिस्टिक्स एण्ड रिभ्यु प्रकाशन शुरु गरेको छ । यस प्रकाशनको पहिलो अंकमा चालु आर्थिक बर्षो पहिलो नौं महिनाको कारोबारको साथै मासिक विवरणलाई प्रस्तुत गरिएको छ भने आगामी अंकहरुमा सम्बद्ध महिना तथा अवधिको कारोबार विवरण समावेश गर्ने योजना छ ।
उपर्युक्त पहिलो मासिक प्रकाशनमा शेयर बजार खासगरी दोश्रो बजार कारोबारका विविध आयामलाई समेटिएको छ । कारोबार, बजार पूँजीकरण, नेप्से परिसूचक, सूचिकरण लगायतका शर्ीष्ाकमा महिनाभरी भएका गतिविधिको तथ्यांक र तुलनात्मक विश्लेषण यसमा प्रस्तुत गरिएको छ । दोश्रो बजार कारोबारमाथि हुने अध्ययनका लागि यो प्रकाशनमार्फ सम्पर्ूण्ा मासिक कारोबार विवरण परिशिष्टको रुपमा उपलब्ध गराइएको छ ।
यस अघि स्टक एक्सचेञ्जले वाषिर्क कारोबार प्रतिवेदनलाई पुस्तकाकार रुपमा प्रकाशीत गर्दै आएको थियो भने साप्ताहिक र मासिक कारोबार विवरणलाई वेभसाइटमार्फ अद्यावधिक गर्दै आएको थियो । रियल र्टाईम इर्न्र्फेशनमा आधारित वेभर्साईट www.nepalstock.com मार्फत स्टक एक्सचेञ्जको कारोबार कक्षमा हुने गतिविधि प्रत्यक्ष प्रसारण हुदै आएको छ । साथै, शेयर बजार गतिविधि र कारोबारलाई समेटेर स्टक एक्सचेञ्जले द्वैमासिक रुपमा 'नेप्से न्युजलेटर' समेत प्रकाशित गर्दै आएको छ ।
यसबाट साधारण लगानीकर्ता, विद्यार्थी, अनुसन्धानकर्ता तथा शेयर बजारमा रुचि राख्ने सवै लाभान्वित हुने विश्वास स्टक एक्सचेञ्जले लिएको छ ।
मिति २०६५/३/८
मुराहरि पराजुली
अधिकृत
Download pdf file
Download / Open bulletinrelease.pdf
|
|
|
|