|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
हकप्रद शेयरको निस्सा कारोबार विनियमावली, २०६५ तयार गरी स्वीकृतिका लागि हालै नेपाल धितोपत्र बोर्डमा पेश गरेको — 2008-07-14
नेपाल स्टक एक्सचेञ्जले हकप्रद शेयर परित्याग (Renounce) का लागि बाटो खुला गरी प्रारम्भिक रुपमा Derivative Market को शुरुवात गर्न हकप्रद शेयरको निस्सा कारोबार विनियमावली, २०६५ तयार गरी स्वीकृतिका लागि हालै नेपाल धितोपत्र बोर्डमा पेश गरेको छ ।
वर्तमान पर्रि्रेक्ष्यमा हकप्रद शेयरको निस्सा प्राप्त गर्ने व्यक्ति वा संस्थाले हकप्रद शेयर खरिद नगरेमा एकातिर कम्पनीले पूँजी प्राप्त गर्न नसक्ने हुन्छ भने अर्कोतिर लगानीकर्ताको wealth maximization को उद्देश्य पुरा नहुने हुँदा लगानीकर्ताहरुलाई wealth maximization को लक्ष्य प्राप्त गर्न सक्षम बनाउन र कम्पनीको विकास विस्तारका लागि आवश्यक पर्ने पूँजी सजिलै सकलन गराउन right renounce गर्न सक्ने व्यवस्था गर्न लागिएको हो । साथै यसको खरिदविक्री कार्य सहज तथा सरल ढंगले हुने व्यवस्था गरिएमा बजारमा लगानीका अवसरहरु बृद्धि हुने हुदाँ पर्ूण्ा प्रतिस्पर्धात्मक वातावरणमा बजार संचालन गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यस विनियमावलीका विशेषताहरु निम्न छन ः
हकप्रद शेयरको निस्सा जारी - हकप्रद शेयर जारी गर्ने कम्पनीले हकप्रद शेयर जारी गर्ने निर्ण्र्ााो सूचना र्सार्वजनिक गरे पश्चात मौजुदा शेयरवालाहरुलाई घोषणा गरिएको अनुपातमा उनीहरुले पाउन सक्ने शेयर संख्या खोलिएको निस्सा कम्तिमा तीन दिन भित्रमा बितरण गर्नु पर्नेछ । निस्सामा उल्लिखित शेयर आफैले खरिद गर्न सक्ने वा अन्य कसैलाई बिक्री गर्न सक्ने प्रावधान उल्लेख हुनर्ुपर्छ ।
· सूचीकरण - हकप्रद शेयर निस्साको कारोबार गर्न वा गराउन चाहने सूचीकृत कम्पनीले सूचीकरणको लागि आवेदनपत्र तथा सूचीकरण दस्तुर साथ निवेदन दिनु पर्नेछ । हकप्रद शेयरको निस्सा दर्ताका लागि कम्पनीले विवरण सहित पेश गरेमा स्टक एक्सचेञ्जले त्यस्तो निस्सालाई अस्थायी सूचीकरण गरी कारोबार योग्य बनाउनेछ ।
· खरिद, बिक्री - हकप्रद शेयर कारोबार गर्ने अवधि ३५ दिनको हुनेछ र कम्पनीले उक्त शेयरको अवधि बढाएमा स्वतः कारोबार अवधि बढ्नेछ । हकप्रद शेयर निस्साले प्रदान गरेको हक अधिकार प्रयोग गर्ने अवधि सकिएपछि त्यस्तो निस्साको कारोबार हुने छैन । कुनैपनि हकप्रद शेयर निस्सा प्राप्त गर्ने लगानीकर्ताले प्राप्त गरेको निस्सा एकचोटी मात्र बिक्री गर्न सक्नेछ । हकप्रद शेयर निस्साको खरिद, बिक्री कारोबार सदस्य दलालले शेयर कारोबार सरह नै कमिशन लिई स्टक एक्सचेञ्जलाई कारोबार दस्तुर र नेपाल धितोपत्र बोर्डलाई कारोबार शुल्क बुझाउनु पर्नेछ ।
· कारोबार प्रक्रिया- निस्सा खरिद वा विक्री गर्न चाहने लगानीकर्ताले शेयर दलालमार्फ आदेश भरी स्टक एक्सचेञ्जमा दर्ता गराउनु पर्नेछ । संस्थापक शेयर बापत प्राप्त हकप्रद शेयर निस्साको कारोबार संस्थापक शेयर कारोबारका लागि तोकिएको शर्त र प्रावधान अनुसार हुनेछ । यस्तो शेयर निस्साको कारोबार गर्दा सम्बन्धित निकायको स्वीकृति लिनु पर्ने भ्ाएमा स्वीकृति नलिई हकप्रद शेयर निस्साको कारोबार गर्न पाइने छैन । मूल्य घटाघट बढाबढ प्रकृयाबाट खरिदकर्ताले खरिद गर्ने र बिक्रीकर्ताले बिक्री गर्ने संख्या मिलेमा सो अनुसारको संख्यामा खरिद, बिक्री गर्नु पर्नेछ । एउटै कम्पनीको हकप्रद शेयर निस्साको खरिद तथा बिक्रीको कारोबार एउटै दलालबाट गर्न पाइने छैन ।
· राफसाफ - हकप्रद शेयर निस्सा खरिद-बिक्री भए पछि खाली हस्तान्तरण (Blank Transfer) मा राख्न पाईने छैन । खरिद, बिक्रीमा तय भएको रकम, स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डलाई बुझाउनु पर्ने कारोबार दस्तुर र कारोबार शुल्क कारोबार सम्पन्न भएको भोलिपल्ट नै ९त्ंज्ञ० बुझाई त्यसको अर्को दिन ९त्ंद्द० सम्बन्धित कम्पनी समक्ष दाखिला खारेज गर्न प� ाउनुपर्नेछ । प्राप्त रकम तथा कागजात भिडेमा स्टक एक्सचेञ्जले कारोबार राफसाफ गरी बिक्रेतालाई रकम तथा खरिदकर्तालाई हकप्रद शेयरको निस्सा सहितको आवश्यक कागजात दिनेछ ।
हकप्रद शेयरको निस्सा कारोबारबाट शेयर लगानीकर्ताहरुलाई लगानीयोग्य वित्तीय औजारका
रुपमा थप विकल्प उपलब्ध हुने र यसबाट पूँजी बजारको विकासमा सहयोग पुग्ने विश्वास
स्टक एक्सचेञ्जले लिएको छ । धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात स्टक एक्सचेञ्जले
आगामी आर्थिक बर्षो शुरुदेखि हकप्रद शेयको निस्सा कारोबार शुरु गर्नेछ ।
Please download pdf file for right renounce byelaw.
Download / Open RSBY.pdf
|
|
|
|