|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
Press release on Name Transfer — 2008-10-22
प्रेश विज्ञप्ति
र् र्सवसाधारण लगानीकताहरु तथा शेयर दलाल व्यवसायीहरु समेतबाट धितोपत्र दाखिल खारेज गर्न निवेदन परेमा सम्बन्धित कम्पनीले निवेदन परेको १५ दिनभित्र दाखिल खारेज गर्नुपर्ने कम्पनी ऐनमा प्रावधान भएपनि कतिपय कम्पनीले सो अनुसार नामसारी नगरी महिनौं लगाएको हुँदा यसबाट कारोबार सहज नभएको एवं लगानीकर्ता मर्कामा परेको भन्ने गुनासो बढेकोले नेपाल स्टक एक्सचेञ्जले देहाय अनुसारको निर्ण्र्ाागरेको छ ।
· सूचिकृत कम्पनीको शेयर कारोबारमा गतिशिलता ल्याउन र लगानीकर्ताहरुलाई बजारबाट हुने लाभ लिन सक्षम तुल्याई लगानीकर्ताहरुको हित पर््रबर्द्धन गर्न कम्पनीले नामसारीका लागि निवेदन प्राप्त गरेको १५ दिनभित्र नामसारी गरी नप ाउने कम्पनीको शेयर कारोबार स्थगीत गरी कार्वाही गर्ने ।
· नामसारीको कागजपत्र आफ्नो कार्यालयमा थन्काएर राख्ने स्टक एक्सचेञ्जबाट कागजात नबुझी लगानीकर्ताहरु लाई कागजपत्र नदिने, र समयमा नामसारीका लागि स्टक एक्सचेञ्जमार्फ सम्बन्धित कम्पनीमा नप ाउने शेयर दलाल व्यवसायीहरुलाई निलम्बन गरी कार्वाही गर्ने ।
· धितोपत्र कारोवार हुनु अघि दाखिला खारेज निवेदनमा दस्तखत प्रमाणित गर्दा आवश्यक सावधानी नअपनाई केही उल्लेख नगरिएको खाली फारममा दस्तखत प्रमाणित गर्ने, हातको सट्टा खुट्टाको ल्याप्चे छाप प्रयोग गर्ने तथा बिक्रीकर्ताको तीन पुस्ते नभिर्डाई दस्तखत प्रमाणित गर्ने सूचिकृत कम्पनीको शेयर कारोबार रोक्का गरी कार्वाही गर्ने ।
· नामसारी कार्यलाई अद्यावधिक गर्न नसकेका कम्पनीलाई सो कार्य गर्नका लागि यो महिनाको समय उपलब्ध गर्राई मंसिर १ देखि उपर्युक्त व्यवस्था लागु गर्ने ।
· नामसारी सम्वन्धी गुनासो भएमा यस लि. को हट लाइन ४२५०७३४ मा सर्म्पर्क राख्न हुन अनुरोध गरिन्छ ।
मितिः २०६५/६/६
please download file for pdf version.
Download / Open namsari6566.pdf
|
|
|
|